नियम १७
निरीक्षण वा जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि
ऐन वा यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्बन्धमा निरीक्षण वा जाँचबुझ गर्दा प्राधिकरणले कुनै विषय किटान गरी निरीक्षण वा जाँचबुझ गर्न आदेश दिएकोमा बाहेक निरीक्षकले प्रचलित कानूनको अधीनमा रही देहायका बिषयमा निरीक्षण वा जाँचबुझ गर्नु पर्नेछः-

(क) प्राधिकरणले निर्धारण गरेको गुणस्तर बमोजिमको दूरसंचार सम्बन्धी यन्त्र तथा उपकरण प्रयोग गरी अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा सञ्चालन गरेको छ छैन,

(ख) प्राधिकरणले तोकिदिएको न्यूनतम स्तर अनुरूप दूरसंचार सेवा सञ्चालन भएको छ छैन,

(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको सेवा शुल्क उठाएको छ छैन,

(घ) अनुमतिपत्र प्राप्त व्यक्तिबाट ऐन वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने शर्त अनुरूपको काम कारवाही भएको छ छैन ।